सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

२०७६ मंसिर २३, ०२:१० खबर संवाददाता

कैलालीमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।  जिल्लाको मोहन्याल गाउँपालिका १ मा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय टेक बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले उनलाई आईतबार साँझ ईलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको जानकारी दिए। घटनाको अनुसन्धान भईरहेको बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस