सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया बसपार्कमा एक जना मृत फेला

२०७६ मंसिर २३, १०:३५ खबर संवाददाता

कैलालीको अत्तरियामा बसपार्कमा एक जना मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नं २ स्थित अत्तरिया बसपार्कमा बैतडीको मल्लादेही ८ बस्ने ४४ बर्षिय दामोदर सिंह धामी आज मृत फेला परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले एक सातादेखि प्रतिक्षालयमा बस्दै आएका धामीको मृतयु भएको बताए। उनका अनुसार मृत्युको कारण खुल्न सकेको छैन्। शव पोष्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याईदैछ।
 

कमेन्ट लोड गर्नुस