सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ब्राउन सुगर सहित तीन जना पक्राउ

२०७६ मंसिर २२, ०५:३४ खबर संवाददाता

धनगढीमा लागु औषध ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन्। अस्थायी प्रहरी वीट चटकपुरको समन्वयमा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले छ प्याकेट  ब्राउन सुगर सहित तीनजना लाई पक्राउ गरेको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का २३ वर्षीय शिशिर मगर र १९ वर्षीय अनिल विष्ट र चटकपुरमा रहेको भद्रकाली अटो मोवाईल्सका सञ्चालक २९ वर्षीय गोविन्द विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

कमेन्ट लोड गर्नुस