सुनचाँदीको भाउ घट्यो
२०७६ मंसिर २२, ११:२२
हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी आज आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ।
कमेन्ट लोड गर्नुस