घट्यो सुनको मुल्य
बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार प्रतितोला ३०० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ७ सय तोकेको छ। बिहीबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो।
बिहीबार प्रतितोला रु ७१ हजार ७ सय मा कारोबार भएको तेजावी सुन शुक्रबार रु ७१ हजार ४ सय निर्धारण गरिएको छ। शुक्रबार चाँदी प्रतितोला रु ८ सय ५० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ।