सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा मृत अवस्थामा वृद्ध फेला

फोटो: धुर्व विष्ट
फोटो: धुर्व विष्ट
२०७६ मंसिर १९, ०५:१४ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–१२ जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन। मृत अवस्थामा फेला पर्नेमा आलिताल गाउँपालिका–७ मेलगाँजाका ७२ वर्षीय उदय कामी रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। 

विहिबार दिउँसो उनको शव घाँस काट्ने महिलाहरुले फेला पारेका इप्रका प्रमुख प्रहरी निरिक्षक जनक बहादुर मल्लले बताए।  डोटिको दानकोट पुर्ख्यौली घर भएका मृतक कामी विगत २० दिन देखि हराईरहेका थिए। उनी विगत १ वर्षदेखि मानसिक सन्तुलन गुमाएर फिरन्ते जीवन बिताइरहेका बताइएको छ।

कमेन्ट लोड गर्नुस