अछाममा छाउगोठ भित्र महिलाको ज्यान गयो
२०७६ मंसिर १६, १०:२४
अछाममा छाउगोठमा एक महिलाको ज्यान गएको छ। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा २१ वर्षया पार्वती रावतको ज्यान गएको अछाम प्रहरीले जनाएको छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ। प्रहरी टोली घटना स्थलमा अझै पुगेको छैन्। ईलाका प्रहरी कार्यालय साँफेबगरको प्रहरी टोली घटना स्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
कमेन्ट लोड गर्नुस