बेलौरी उद्योग वाणिज्य संघको मतदान सम्पन्न
कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहान ८ बजेदेखी सुरु भएको मतदान अपराह्न ४ बजे सम्पन्न भएको हो।
मतदान अवधीभर ८७ दशमलव ५ प्रतिशत मत खसेका छन्। नौ सय ५२ जना मतदाता रहेकोमा उद्योगतर्फ तीन सय १६ र वाणिज्यतर्फ पाँच सय १७ जना गरी आठ सय ३३ जनाले मतदान गरेको प्रमुख निवार्चन अधिकृत लक्ष्मण खरेलले जानकारी दिए।
नयाँ नेतृत्वका लागि लक्ष्मी नारायण चौधरी र टेक बहादुर साउँद प्यानल सहित प्रतिस्पर्धामा छन्। मत गणना कति बेला गर्ने भन्ने विषयमा छलफल भईरहेको निर्वाचन अधिकृत खरेलले बताए।