सुदूर नेपाललाई विश्वसँग जोड्दै

सदूरपश्चिममा नेपाल टेलिकमको नेटवर्कमा आएको समस्याले सेवाग्राही हैरान

२०७६ मंसिर १५, ०७:२२ कमल सावद

सुदूरपश्चिममा सरकारी सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेटवर्कमा केही सिदन यता समस्या देखिएको छ। टेलिकमले फोरजी सेवा विस्तार गरेसँगै नेटवर्कमा देखिएको समस्याले सेवाग्राही हैरान भएका छन्। अहिले टेलिकममा फोन नलाग्ने, कुरा गर्दागर्दै बिचमै काटिने लगायतका समस्या कायमै रहेका छन्।

टेलिकमले समय अनुसार तिव्र गतिको फोरजी सेवा विस्तार भईरहेको दावी गरेका बेला नेटवर्कमा भने समस्या देखिएको हो। सुदूरपश्चिम प्रदेशमा अहिले नेपाल टेलिकमको जीएसएम फोनमा समस्या देखिएको छ। फोन चालु अवस्थामा रहेको भएपनि बन्द भएको सूचना दिने, नटवर्कको पहुँचमा भएपनि सम्पर्क भएन भन्ने, कुरा हुदै गर्दा काटिने, नसुनिने लगायतका समस्याले हैरान बनाएका धनगढीका टेकबहादुर खत्रीले बताए।

खत्रीले भने, फोन लाग्दैन्, लागेपनि कुरा हुदैन्। गलत सूचना दिन्छ। लागेको फोनमा पनि आवाज सुनिदैन्।’ नेपाल टेलिकमले नयाँ प्रविधिको सेवामा सुधार गरिरहेको बताएका बेला झन समस्या आएको हो। थ्रीजीको सेवा भएका बेला पनि यती धेरै समस्या नभएको बताइएको छ। तर अहिले फोरजीको सेवा विस्तार भएका बेला  बढि समस्या देखिएको हो।

सेवाको स्तर बृद्धि गर्दा केहि समस्या देखिएको दुरसञ्चार कार्यालय धनगढीका प्रमुख सुरत मल्लले बताए। नेपाल टेलिकमले गत असोजमा प्रदेशको अस्थायी राजधानी धनगढी सहित मुख्य शहर अत्तरिया, टीकापुर, लम्की, सुखड, कञ्चनपुरको झलारी लगायतका विभिन्न शहरमा सञ्चालन गरिएको छ।

सुदूरपश्चिमको  तीन सय ५० जीपीएसमा फोर जी सेवा विस्तारको काम अहिले पनि जारी छ। प्राविधिकहरुले नियमित रुपमा काम गरिरहेकाले पनि फोन सेवामा समस्या देखिएको नेपाल टेलिकमको दावि छ। नेपाल टेलिकमले ७७ टावरबाट अहिले प्रदेशमा फोरजी सेवा सञ्चालन गरिरहेको बताएको छ।    

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस