अब धनगढीमा पाँच लाखमै कार पाईने
धनगढीमा अब पाँच लाखमा कार पाईने भएको छ। धनगढीको चौराहमा कारको कारोबारका लागी दिब्या अटो हाउस सञ्चालनमा आएसंगै न्युन मुल्यमा कार खरिद गर्न पाईने भएको हो। दिब्या अटो हाउसले न्युनतम पाँच लाख मुल्य देखी विभिन्न कम्पनीका रि–कण्डिसनमा रहेका कारहरु खरिद–विक्रि गर्न सुरु गरेको छ।
झण्डै एक करोड ५० लाखमा स्थापना भएको दिब्या अटो हाउसको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य तथा व्यवसायी गोपाल हमालले आईतबार उद्घाटन गरका छन्। दिब्या अटो हाउसका सञ्चालक सुरेश सापकोटाले एक करोड ५० लाख बढिको लगानीमा कारको रि–कण्डिसन हाउस सञ्चालन गरेको बताए।
धनगढीको ट्राफिक चौराहमा दिब्या मोवाईल ग्यालरी सञ्चालन गर्दै आएका सापकोटाले सुदूरपश्चिममा पहिलो रि–कण्डिसनका कार खरिद–विक्रिको कारोबार थालेको दावी गरेका छन्। उनले न्युनतम पाँच लाख देखि विभिन्न कम्पनीहरुका कारहरु वित्तिय सुविधामा पनि विक्रि हुने बताए।
दिब्या अटो हाउसमा सबै कम्पनीका कारहरु खरिद–विक्रीमा राखिएका छन्। पुराना कारले उचित मुल्य पाउने र न्युन आर्थिक अवस्था भएका व्यक्तीले पनि कार चड्न सक्ने दावी हाउसको छ।