सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

२०७६ मंसिर १५, १२:१८ खबर संवाददाता

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला तीन सय रुपैयाँ वृद्धि भएको छ। महासंघका अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७१ हजार ६ सय  र तेजावी सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ।

गएको शुक्रबार सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने आज तीन सय रुपैयाँ नै वृद्धि भएको हो। आईतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएपनि चाँदीको मूल्यभने स्थिर रहेको छ। महासंघका अनुसार शुक्रबार प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस