सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा युवाद्धारा निःशुल्क ईन्टरनेट जडान

२०७६ मंसिर १४, ०४:०२ खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिकामा युवाहरुले निःशुल्क ईन्टरनेट सेवा जडान गरेका छन्। नगरपालिकाको वडा नम्बर १ चौमाला बजार, वडा नम्बर ३ झिल र वडा नम्बर ८ बढैपुरमा  हाम्रो आवाज परिवर्तन समाजका युवाले निःशुल्क ईन्टरनेट जडान गरेका हुन्।

समाजका अध्यक्ष विष्णु भुसालका अनुसार समाजका १५ जना सदस्यबाट संकलन भएको ४५ हजारको लागतमा तीन स्थानमा निःशुल्क ईन्टरनेट जडान गरिएको हो। नगरपालिका भित्रका मुख्य चौकहरुमा निःशुल्क ईन्टरनेट सेवा विस्तारको योजना रहेको उनले बताए। समाजले नै मासिक ईन्टरनेटको शुल्क तिर्ने जनाएको छ।   
 

कमेन्ट लोड गर्नुस