प्रधानमन्त्री ओलीलाई एक हप्ता अस्पतालमै राखिने
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै कम्तीमा एक हप्ता अस्पतालमै राखिने भएको छ। स्वास्थ्यमा क्रमिक सुधार भए पनि संक्रमण हुने डर भएकाले अझै कम्तिमा एक हप्ता अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमै राखेर उपचार गरिने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।
डाक्टरहरुकाअनुसार अहिले प्रधानमन्त्री ओलीलाई थोरै तरल पदार्थ खुवाउन र थोरै हिँडडुल गराउन थालिएको छ। गएको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आईसीयू कक्षमा राखेर उपचार भैरहेको छ। उनको मृगौलामा समस्या भएपछि नियमित डायलासिस पनि गरिँदै आएको छ।