रिलाइन्स लाईफ इन्स्योरेन्सको प्रादेशिक सम्मेलन सम्पन्न
कैलाली: कैलालीको धनगढीमा रिलाइन्स लाईफ इन्स्योरेन्सको प्रादेशिक सम्मेलन सम्पन्न भएको छ। प्रदेशभरीका शाखा तथा अभिकर्ताहरुलाई अभिमुखीकरण दिने ध्ययका साथ कार्यक्रमको आयोजना गरीएको इन्स्योरेन्सका प्रदेश प्रबन्धक सुरेश रिमालले जानकारी दिए।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सबै शाखा र अभिकर्ताहरुका समस्या तथा सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरीएको बताए। कार्यक्रमको प्रमुख अतिथी समेत रहेका उनले केन्द्रबाट सम्भव नभएकाले प्रदेशभेला बोलाएर कार्यक्रम गरेको बताए।
रिलाइन्स लाईफ इन्स्योरेन्स कम्पनी दोस्रो वर्षबाट तेस्रो वर्षमा प्रवेश गरेको उल्लेख गर्दै पराजुलीले गत वर्ष कम्पनीको प्रिमियम रकम ७० करोड पुगेको बताए। अहिले देशभरीनै कम्पनिका ९४ वटा शाखा रहेकोमा यो आर्थिक वर्षमा त्यो संख्या बढाएर १०० भन्दा बढी पुर्याउने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिए।