सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मुल्य बढ्यो

२०७६ मंसिर १३, ०५:२२

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैँयाले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार निर्धारण गरेको छ।

बिहीबार छापावला सुन प्रतितोला  ७१ हजार र तेजाबी सुन प्रतितोला ७० हजार ७०० मा खरीद बिक्री भएको थियो। त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदीको मूल्य रु पाँचले वृद्धि भई प्रतितोला ८५५ मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ। -रासस

कमेन्ट लोड गर्नुस