सुनको भाउ तीन सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ तीन सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार निर्धारण गरेको छ। बिहीबार छापावला सुन प्रतितोला रु ७१ हजार र तेजाबी सुन प्रतितोला रु ७० हजार ७ सयमा खरीद बिक्री भएको थियो। त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदीको मूल्य रु पाँचले वृद्धि भई प्रतितोला रु ८ सय ५५ मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ। रासस