सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सामुदायिक वनको कार्यालयमा तालाबन्दी

फाईल फोटो
फाईल फोटो
२०७६ मंसिर १२, ०५:३४ खबर संवाददाता

कैलालीमा सामुदायिक वनको कार्यालयमा उपभोक्ताले तालाबन्दी गरेका छन्। काठ नदिएको भन्दै गौरीगंगा नगरपालिका वडा नम्बर ७ मा रहेको सुनपाल सामुदायिक वनको कार्यालयमा ताला लगाईएको हो।

वैज्ञानीक वन व्यवस्थापन कार्यक्रम लागु भएको सामुदायिक वनले दुई वर्षदेखि उपभोक्तालाई काठ नदिएर व्यवसायीलाई बिक्रि गरेको भन्दै तालाबन्दी गरिएको हो। स्थानीय हुकुमबहादुर ताडीले दुई करोड बढीको काठ विक्रि गरेको सामुदायिक वनले उपभोक्तालाई काठ नदिएकाले कार्यालयमा ताला लगाएको बताए। ‘दैनिक दश जना भन्दा बढि उपभोक्ता समितिको कार्यालयमा जाने गरेका छन्। उनले भने, तर कसैले काठ पाएनन्। गत वर्ष दोस्रो पटक उपभोक्तालाई पनि काठ वितरण गर्ने भनिएको थियो।

अहिले फेरी व्यवसायीलाई दिइएको छ। त्यसैले ताला लगाएका हौ।’ सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशीले सबै उपभोक्ता नभएर केही सीमित व्यक्तिले ताला लगाएको बताए। उनले भने, ‘एक÷दुई जना हुन्। उनीहरुलाई काठ दिएका छौँ, वितरणको पनि प्रक्रिया हुन्छ।’ तर आन्दोलनमा रहेकाहरुले समेत काठ पाईसकेको दावी गरिएको छ। उपभोक्ता समितिको नियम मिचेर काठ दिन नसकिने बताउँदै जोशीले कार्यालयमा लगाईएको ताला खोलिएको जानकारी दिए।

कमेन्ट लोड गर्नुस