बैतडीमा वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण
बैतडीमा वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण भएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ मा उप–निर्वाचनका लागि नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रहेका सुरेन्द्रप्रसाद भट्टमाथि हातपात भएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यक्रताले आक्रमण गरेका प्रहरीले जनाएको छ।
चुनावी प्रचार–प्रसारमा रहेका कार्यकर्ता्बिच भेट भएपछि विवादका क्रममा आक्रमण गरेको बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेले बताए। उनीहरुले वडा नम्बर ४ को मटेला भन्ने स्थानमा आक्रमण गरेका हुन्। भट्ट समान्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ। तर आक्रमण गर्नेलाई नियन्त्रणमा भने लिईएको छैन्।