सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको फल्टुडे प्रहरीद्वारा ‘पुलिस अंकल’ कार्यक्रम संचालन

२०७६ मंसिर ११, १०:२०

कैलाली: कैलालीको चुरे गाँउपालिका फल्टुडेमा ‘पुलिस अंकल’ कार्यक्रमको सुरुवात गरिएको छ। ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले आधारभुत विद्यालयहरुमा उक्त कार्यक्रम संचालन गरिरहेको छ।  आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रहरीसंगै जागरुक बनाउने उदेश्यले ‘पुलिस अंकल’ कार्यक्रमको सुरुवात गरेको प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए। 

‘विद्यार्थीलाई प्रहरी धेरै टाढाको नभई आफ्नै परिवारको सदस्य भएको भान हुने र प्रहरी प्रतिको नकारात्मक सोच सानैदेखि नै परिवर्तन गराउने कार्यक्रमको उदेश्य छ’ उनले भने ‘हामी चुरे गाँउपालिकाका हरेक आधारभुत विद्यालयहरुमा यो कार्यकम गर्ने छौ’ 

कार्यक्रममा आफुहरुले प्रहरीको नम्बर ती विद्यार्थीहरुलाई दिएको र कुनै घटना भएमा फोन गर्न अनुरोध समेत गर्ने गरेको प्रहरी प्रमुख विश्वकर्माले बताए।

कमेन्ट लोड गर्नुस