कैलालीको गैरीगंगामा विद्यालय र स्वास्थ्य चौकीको अनुगमन
कैलालीको गौरीगंगा नगरपालिकामा पर्ने विद्यालय र स्वास्थ्य चौकीको अनुगमन गरिएको छ। एफएमडिसी, विकास र सामाजिक परिवर्तनका लागी संञ्चारको पहलमा सरकारी निकाय, नागरिक समाजले संयुक्त रुपमा गौरीगंगा नगरपालिका–११ ऐठामा रहेको भवानी राष्ट्रिय माध्यमिक विद्यालय र वडा नम्बर ९ मा पर्ने मसुरिया स्वास्थ्य चौकीको अनुगमन गरेको हो।
जिल्ला समन्वय समितिका संयोजक सुर्यबहादुर थापा, एफएमडिसीका संस्थापक अध्यक्ष उमीद बागचन्द,गैर सरकारी संस्था महासंघ कैलालीका सचिव चेतमान साउँद लगयातको सहभागिता रहेको थियो। अनुगमनका क्रममा विद्यालयममा भौतिक पूर्वाधार नहुँदा एकै कक्षामा एक सय ३० जना राखेर पढाउने गरेको पाइएको जनाईएको छ।
विद्यालयमा ड्रपआउट र बाल विवाह लगायतका कारणले विद्यार्थीहरु टिकाउन समस्या हुने गरेको गुनासो गरिएको छ। यस्तै मसुरिया स्वास्थ्य चौकीमा अनुगमनका क्रममा चेतना अभावका कारण सरकारले निःशुल्क वितरण गर्ने औषधी प्रयोगमा समस्या रहेको इन्चार्ज भागीराम चौधरीले बताएका छन्। ‘स्वास्थ्य चौकी सुधारका लागि वडा कार्यालय देखि प्रशासन प्रतिबद्ध छन्’ उनले भने, स्थानीयको साथ सहयोग नुहँदा समस्या हुने गरेको छ।’ अनुगमन टोलीले विद्यालय र स्वास्थ्य चौकीमा भएका समस्या बारे गौरीगंगा नगरपालिका मेयर भीबहादुर देउवालाई पनि जानकारी गराएको छ।