सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा अतिक्रमणका विरुद्ध धनगढी–दार्चुला–याली सुरु

२०७६ मंसिर ११, १२:५५ खबर संवाददाता

भारतले भूमी मिचेको विरोधमा राष्ट्रिय जनमोर्चाले धनगढीदेखि दार्चुला सम्म मोटरसाईकल –याली (मार्च) सुरु गरेको छ। जनमोर्चाले आजदेखि सुरु गरेको –याली १६ गते दार्चुला पुग्ने छ। –यालीअघि धनगढीमा औपचारिक कार्यक्रम समेत भएको छ। 

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका सचिव लक्षिराम आचार्यले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित सार्वजनिक गरिएको भारतीय नक्सा खारेजीको माग सहित मार्च कार्यक्रम आयोजना गरिएको बताए। उनले दार्चुला जाँदा अत्तरिया, खानीडाडा, बुडर भात्काडा, डडेल्धुरा लगायतका बजारमा कोण सभा पनि गरिने बताए।  
 

कमेन्ट लोड गर्नुस