सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

२०७६ मंसिर ११, ११:५८ खबर संवाददाता

डोटीको राजपुरमा रहेको सुजंङ्ग अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। मंसिर १४ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो। नयाँ समाज नेपाल डोटी, सुजंङ्ग अस्पताल राजपुर डोटी र सिपि अस्पताल प्राली धनगढीको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो।

शिविरमा सिपि अस्पतालका सञ्चालक डा. सिपी पाण्डेय, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. पुजन रन्जीत, फिजिसियन डा. गौरव कुमार गुप्ता लगायत अन्य चिकित्सकहरुले सेवा दिने शिबिर आयोजक संस्था नयाँ समाज नेपालका अध्यक्ष रोशन कठायतले बताए। शिविरमा आएका बिरामीहरुलाई औषधी समेत निःशुल्क रुपमा बितरण गरिने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस