घोडाघोडी क्याम्पसका विद्यार्थीद्धारा बजार सरसफाई
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले बजार सरसफाई गरेका छन्। क्याम्पसको समाज कार्य विभाग (बीएसडब्लु) का विद्यार्थीहरुले घोडाघोडी नगरपालिकाको वडा नम्बर १ सुख्खड बजार सरसफाई गरेका हुन्। घोडाघोडी बहुमुखी क्याम्पसको प्रवेशद्धारबाट सुरु भएको सरसफाई कार्यक्रम नगरपालिका कार्यालय सम्म सञ्चालन भएको थियो। कार्यक्रममा समाज कार्य बिषयका प्राध्यापक महेश तिमिल्सिना सहित स्नातक तह प्रथम, द्धितिय र तृतिय बर्षका विद्यार्थी सहित करिव ८० जनाको सहभागिता रहेको थियो।