सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि

२०७६ मंसिर १०, ०३:२८ खबर संवाददाता

यस बर्षको सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि धनगढीमा हुने भएको छ। १४ औं सुदूरपश्चिम महोत्सव मंसिर २२ गते देखि पौष २ गते सम्म संञ्चालन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। महोत्सव समृद्ध सुदूरपश्चिमका लागि आर्थीक समृद्धि भन्ने मुल नाराका साथ संञ्चालन हुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।

प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृती र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ साल देखि प्रत्यक वर्ष सोही मितिमा सुदूरपश्चिम महोत्सव आयोजना हुने गरेको थियो। यस वर्ष पनि संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा संञ्चालन हुने मोहोत्सवमा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेला संगै तीन सय भन्दा बढी स्टल रहने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।

महाेत्सवले स्थानीय उत्पादन तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने दावी गरिएको छ भने रमाईलो मेला र वाल उद्यान संञ्चालन हुने भएको छ। महोत्सवमा  तीन लाख भन्दा बढीले अवलोकन गर्ने विश्वस आयोजकले लिएको छ। महोत्सवलाई सफल पार्नको लागि २६ वटा उप–समितिहरु गठन गरिएको आयोजकले जनाएको छ। नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमै आयोजना हुन लागेको महोत्सवमा भ्रमण वर्षलाई सफल पार्न पनि टेवा पु¥याउने विश्वस लिईएको छ। टिकटबाट संकलित रकमको १० प्रतिशत सामाजिक कार्यगर्न छुट्याईने बताईएको छ।

कमेन्ट लोड गर्नुस