कैलालीमा बुहारीमाथि कुटपिट गर्ने दुई जना पक्राउ
लैङगीक हिसां विरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा कैलालीमा एक महिलामाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ कि २८ बर्षीय ईश्वरी जेठारालाई कुटपिट गरेको आरोपमा उनका ससुरा कृष्णवहादुर बोहरा र सासु सुनिता बोहरा पक्राउ परेका हुन्।
पछिल्लो एक महिनादेखि सासुले गालीगलौज गर्दै आएको र आज कुटपिट गरि घर निकाला गर्न खोजेको आरोप लागेपछि उनीहरु दुवै जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञानवहादुर विष्टका अनुसार प्रराम्भिक अनुसन्धानमा सासु बुहारीबिच जग्गाको विवाद रहेको देखिएको छ। जेठराका श्रीमान नेपाल प्रहरीमा कार्यरत छन्।