धनगढीमा अवैध काठ सहित दुई जना पक्राउ
धनगढीमा अवैध काठ सहित दुई जना पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्बर ३ विशालनगरबाट अबैध काठ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का कमद चौधरी र कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्बर ११ का आईतवारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। से १ त २४३५ र से १ त ३९३६ नम्बरको ट्याक्टरमा उक्त काठ कञ्चनपुरबाट कैलाली ल्याउदै गरेको अवस्थामा सोमवार राती करिव १२ बजेको समयमा उनिहरुलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमरा वस्नेतले बताए।
अस्थायी प्रहरी चेकपोष्ट चटकपुरका ईन्चार्ज गजेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले उक्त काठ नियन्त्रणमा लिएको हो। सिता सामुदायिक वनबाट नरेन्द्र मल्लले खरिद गरेको १६ हजार भन्दा बढीको सालको काठ नियन्त्रणमा लिई डिभिजन बन कार्यालय धनगढीलाई बुझाईएको छ।