एनसेलले ल्यायो नयाँ योजना ‘रिचार्जमा चमत्कार’
एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ नयाँ योजना ल्याएको छ। यो योजनाबारे जानकारीसहित एनसेलले एक टीभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत् पाँच भाग्यशाली कोडको घोषणा गरेको छ। यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरवाहक एनसेल ग्राहकले जनही २ लाख रुपैयाँ पुरस्कार जितेका छन्। आफ्नो कस्टमर लोयल्टी योजना अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ गतेदेखि सञ्चालनमा ल्याएको हो। यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँनेछन्। योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेतालाई एनसेलले यही शुक्रबार (मंसिर १३) भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्न सक्नेछन्। ग्राहकले १०० रुपैयाँ वा त्योभन्दा को ब्यालेन्स रिचार्जमा प्रत्येक १०० रुपैयाँ बराबरको एक विषेशकोड एसएमएसमार्फत प्राप्त गर्छन्। उदाहरणका लागि यदि कुनै ग्राहकले तीन सय ५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ। त्यसैगरी ग्राहकले ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन्।
यसरी प्राप्तहुने प्रत्येक कोड ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नु पर्ने हुन्छ। यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ साढे ६ बजे एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली विजेता ग्राहकहरुको घोषणा हुन्छ।