सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा टिप्परमा ठोक्किएर बस दुर्घटना

२०७६ मंसिर ९, ०७:१६ खबर संवाददाता

कैलालीमा टिप्परले ब्रेक लगाउँदा बस ठोक्किएर दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तगत जिल्लाको कुचैनीमा अगाडी गईरहेको टिप्परले आकस्मिक ब्रेक लगाउँदा अत्तरियाबाट दाङ गईरहेको ना ५ ख २२३४ नम्बरको बगेश्वरी दर्शनको बस ठोक्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पूर्णागिरीबाट फर्किदै गरेको बस टिप्परले एक्कासी ब्रेक लगाउँदा पछाडीबाट ठोक्किएको भएपनि मानविय क्षती भने नभएको बताए।

बस्नेतका अनुसार बसको अगाडीको भागमा केही क्षती पुगेको छ। तर टिप्पर भने दुर्घटना लगतै फरार भएकाले नियन्त्रणमा लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस