सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका पत्रकार पनेरुद्वारा बुबाको सम्झनामा विद्याथीलाई छात्रवृत्ति वितरण

२०७६ मंसिर ९, ०५:४१

डडेल्धुरा:  डडेल्धुराबाट कान्तिपुर टिभीमा कार्यरत पत्रकार बरुण पनेरुले आफ्ना बुबाको सम्झनामा दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन्। स्वर्गीय बुवाको सम्झना सिद्धनाथ माध्यमिक विद्यालय चन्दनीका दुई जना गरिब जेहेन्दार विद्यार्थीलाई एक वर्ष अध्यायनका लागि छात्रबृत्ति वितरण गरिएको हो। 

पनेरुले बुबाको सम्झनामा हरेक वर्ष मंसिर ९ गतेका दिन विशेष समारोहबिच छात्रबृत्ति वितरण गर्ने गरेका छन् ।  यस वर्ष सिद्धनाथ मावि चन्दनीमा अध्ययनरत भागरथी नाथ र धनिदत्त भट्टलाई छात्रबृत्ति वितरण गरिएको छ भने स्थानीय जगनसिंह खडायत र स्व. मनबिर  चुनारालाई शिक्षा सेवी सम्मानबाट सम्मान गरिएको छ। यसैगरी सिद्धनाथ माध्यमिक विद्यालय चन्दनीका कर्मचारी  धनबहादुर सिंहलाई दिर्घसेवा शिक्षा सम्मानबाट सम्मान गरिएको पनेरुले बताए।  

 १० वर्षमा  २० जनाभन्दा बालबालिकाहरुलाई छात्रबृत्ति वितरण गरिएको छ। पत्रकार पनेरुका बुवा कृष्णदत्त पनेरुले सोही विद्यालयमा लामो समय अध्यापन गरेका थिए। विद्यालयकै कामकाजको सिलसिलामा डडेल्धुरा आउँदा उनको गोगनपानीमा २०५३ मंसिर ९ गते बस दुर्घटनामा मृत्यु भएको थियो। 

विगत १० वर्ष देखि पत्रकार पनेरुले गरिबिका कारण अध्ययन गर्न समस्या भएका दुई जना छात्रछात्रालाई एक वर्षको पढाईको लागि छात्रबृत्ति दिने गरेको छन्।  शिक्षा क्षेत्रमा काम गर्न उनले स्वर्गीय कृष्णदत्त पनेरु अध्यायन प्रतिष्ठान दर्ता गरी विगत पाँच वर्षदेखि शिक्षा क्षेत्रमा उल्लेखनिय काम गर्ने दुई जना अभिभाकलाई सम्मान समेत गर्ने गरेको छन्। भने शिक्षक पेसामा रही जनसेवी काम गर्ने एक जना

 शिक्षकलाई पनि पत्रकार बरुण पनेरुले सम्मान गर्दै आईरहेका छन। पत्रकार  पनेरुले छात्रबृत्ति वितरण गर्न २ लाखको अक्षयकोष समेत स्थापना गरेको छन् । ‘अक्षयकोषबाट अगामी दिनमा विभिन्न विद्यालयमा चित्रकला प्रदर्शनी, पुस्तक वितरण र पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेको छ।’ पत्रकार पनेरुले भने, ‘अगामी दिनमा अन्य विद्यालयकहरुमा पनि छात्रबृत्ति र पुस्तकालय निर्माणका लागि काम शुरु गरिने छ।’

कमेन्ट लोड गर्नुस