सुदूर नेपाललाई विश्वसँग जोड्दै

अहिलेको सरकार झुटको खेतीमा लिप्त छ -नेता लेखक

२०७६ मंसिर ९, ०६:५४ खबर संवाददाता

नेपाली कांग्रेसका केन्दीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले भारतले नेपाली भूमी आफ्नो नक्सामा राख्दा समेत सरकारले कुटनितिक पहल गर्न नसकेको बताए। कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भएको प्रमाण हुदाँहुदैं पनि सरकारले पहल नगर्नुले आशंका बढेको बताए। कुटनितिक पहल गर्नुको साटो नेकपाका भातृ संघ संगठनसंग भाषण गर्नमा प्रधानमन्त्रीको ध्यान रहेको उनले आरोप लगाए। 

उच्चस्तरिय कुटनितिक पहल गर्नुुस् कांग्रेसले साथ दिन्छ भन्दा भन्दै पनि सरकार भारतसंग डराएको छ। रेल पानी जहाजका सपना बाडने सरकारले पूर्ववर्ती सरकारले शुरु गरेका कार्य समेत रोकेको छ उनले भने“ आफू मन्त्री हुदा अर्बौ रुपैया बजेट बिनियोजन गरेको त्रिदेशीय नाकाको रुपमा रहेको महाकाली करिडोर , पाटन पञ्चेस्वर लगायतका सडकको काम बजेट अभावमा रोकिएको छन् ।” 

आइतवार बैतडीको सुर्नया गाउँपालिका १ हटैराजमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दे उनले अधिनायकवादकाबिरुद्ध लाग्नुपर्ने बताए। निर्वाचनमा झुठो आस्वासन दिएर जनमत लिएको सरकारले जनताका अकान्क्षा पूरा गर्न नसकेको बताए।

चुनावी सभामा केन्द्रीय सदस्य लेखकका साथै पूर्व राज्यमन्त्री नर बहादुर चन्द पूर्व सभापती शिबराज भट्ट, बर्तमान सभापती नरेन्द्रसिंह थापा, उपसभापति चतुरबहादुर चन्द, वडाअध्यक्षका उम्मेदवार गजेन्द्र बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।
 

कमेन्ट लोड गर्नुस