सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकोे पलेत्थर गाउँमा पोल गाडेको ३ वर्ष हुँदा समेत बिजुली बलेन

२०७६ मंसिर ८, ०९:२५ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराकोे नवदुर्गा गाउँपालिका–१ पलेत्थर गाउँमा पोल गाडेको ३ वर्ष हुँदा पनि अझै बिजुली बलेको छैन्। करिब २० घरधुरी रहेको त्यस गाउँमा विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले तिन वर्ष पहिले सात वटा विद्युतका पोल दिएको थियो ।

तर पोलमा तार नतानिएपछि स्थानीयवासीले पोललाई खर राख्न प्रयोग गरेका छन्।  पोलमा तार नतान्दा गाईगोरुलाई खुवाउँनका लागि जम्मा गरिने खर राखिएको स्थानियको बताउँछन्।  ‘घर नजिकै गाडीएको पोलमा तार नतानिएपछि हेरेर बस्नुबाहेक अन्य कुनै विकल्प छैन 'स्थानीय डम्बर बुढाएरले भने ‘विद्युतको तारसम्म तान्नका लागि नेपाल विद्युतलाई पटकपटक आग्रह गरे तर कुनै सुनवाई भएन’। ‘तिन वर्ष देखीको विजुली बाल्ने सपना सपना नै रह्यो’ निराश हुँदै उनले भने ।

गाँउमा अहिले बलाबालिकालाई पढ्न र रातिको समयमा कामकाजका लागी दियालो वा सोलार टुकि प्रयोग गर्नुपर्ने बाध्यता छ। उता नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले भने उक्त गाउँमा विद्युत विस्तारका लागि भौगोलिक बनावटका कारण ढिलाई भएको प्रतिक्रिया दिएको छ। 
 

कमेन्ट लोड गर्नुस