दारी ग्याङ धनगढीद्वारा चुरेमा रहेको गर्भा दरबारको सरसफाई
कैलाली: दारी ग्याङ धनगढीले कैलाली जिल्लाको चुरे गाउँपालिका–४ मा रहेको ऐतिहासिक गर्भा दरबारको अवलोकन तथा सरसफाइ गरेको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दारी ग्याङ धनगढी ले ‘टुर द गर्भा दरबार’ को आयोजना गरेको हो।
दारी ग्याङ धनगढीको टिमसँगै साईकल यात्रि भरतबिक्रम शाह र अन्य सामाजिक अभियान्ताहरु सहभागी रहेको उक्त टिमलाई चुरे गाउँपालिकाका स्थानीयले फुलको माला लगाएर स्वागत गरेका थिए।
ओझेलमा परेका पर्यटकिय स्थलहरुको प्रचारप्रसार तथा संरक्षण गर्ने दारी ग्याङ धनगढीको गर्ने लक्ष्य रहेको बताइएको छ।
खड्क शमसेर जबराले विस १९८२ सालमा निर्माण गरेको यो दरवारको वास्तविक नाम ‘शमसेर जंग दरवार’ रहेको छ। राणा शासनको समयमा सुदुरपश्चिमको मुद्दामामिला मिलाउन र तिरो(कर) उठाउन उक्त दरबारको प्रयोग गरीने गरेको बताइन्छ।