सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारमा परेकी बैतडीकी पुजाले पाईन जागिर

२०७६ मंसिर ८, ०६:२२ खबर संवाददाता

बलात्कारमा परेकी बैतडीकी पूजा बोहोरालाई जागिर मिलेको छ। बोहोरालाई काठमाडौँको  जनरल इन्सुरेन्स जागीर मिलेको हो। आर्थिक अभावमा दैनिक खर्च धान्न असहज भएपछि कामको खोजीमा रहेकी पुजालाई इन्सुरेन्सले आज जागिर दिएको हो।

पुजाले सुदूरपश्चिमको आर्थिम मामिला तथा योजना मन्त्री झपट बोहोराको पहलमा जागिर पाएको दावी गरिएको छ। २०६८ सालमा एसएसली परिक्षा दिने क्रममा पुजामाथि बैतडीको पाटनमा सामूहिक बलात्कार भएको थियो। तर अदालतले बलात्कार गर्ने दुईजना माथि कैद सजाय तथा क्षतीपूर्ती सुनाईसकेको छ।

बलात्कार मुद्दामा सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै जिल्ला अदालतको फैसला सदर गरेको थियो। सर्वोच्चले सामूहिक बलात्कारमा संलग्न सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष जेल सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ती भराउने जिल्ला अदालत बैतडीको आदेश सदर गरेको हो।

सर्वोच्चले पीडक दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख र ५ लाख सरकारका तर्फबाट गरी १० लाख क्षतिपूर्ति पीडितलाई भराउने पनि आदेश समेत दिएको थियो। यसअघि पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुवै अभियुक्तलाई सफाइ दिएको थियो।

कमेन्ट लोड गर्नुस