सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीको चेतना सामुदायिक वनको अध्यक्षमा बटाला

२०७६ मंसिर ८, ०२:४४ खबर संवाददाता

कैलालीको लम्कीचुहामा रहेको चेतना सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा लक्ष्मण बटाला विजयी भएका छन्। बटाला प्रतिद्धन्द्धी सुरेन्द्र ऐडीलाई पराजीत गर्दै प्यानल सहित अध्यक्षमा निर्वाचित भएका हुन्। बटालाले ऐडीलाई १५ मतले पराजीत गर्दै बाजी मारेका हुन्।

बटालाले चार सय ३ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी ऐडीले ३ सय ८८ मत पाए। यस्तै सचिवमा प्रतिद्धन्द्धी लक्ष्मी शाहीलाई ६६ मतले पराजीत गर्दै कुमारी सार्की विजयी भएकी छन्। सार्कीले तीन सय ८१ मत ल्याउँदा शाहीले ३ सय १५ मत प्राप्त गरिन्।

कोषाध्यक्षमा चित्र बहादुर थापालाई एक सय ४० मतले पराजीत गर्दै राम बहादुर चलाउने विजयी भए। चलाउने तीन सय ८२ मत सहित विजयी हुँदा थापाले दुई सय ४२ मतमा चित्त बुझाएका छन्।

सह–सचिवमा तुल्सी खनाल ३ सय ८७ मत ल्याएर विजयी भएकी छन्। खनालकी प्रतिद्धन्द्र्धी हिमा शाहीले दुई सय ६३ प्राप्त गरिन्। वन उपभोक्ता समितिको उपाध्यक्षमा भने राजन आर्चाय यसअघि नै निर्विरोध चयन भईसकेका छन्। 
    
 

कमेन्ट लोड गर्नुस