कैलालीमा लागु औषध खैरो हिरोइन सहित दुईजना पक्राउ
कैलाली: कैलालीमा लागु औषधि सहित दुईजना पक्राउ परेका छन्। लागु औषधि लुकाएर राखेको भन्ने विशेष सूचनाको आधारमा उनिहरुलाई जिल्लाको धनगढी उपमहानगरपालिका–२ मेनरोडबाट २ ग्राम ६८० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश लखिमपुर, खिरी पलियाका अन्दाजी २४ वर्षका बिबेक गुप्ता र धनगढी उप–महानगरपालिका–३ घरभई हाल कञ्चनपुर पुर्नवास नगरपालिका– ११ बस्ने २९ वर्षीय दिप थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
पक्राउ परेकाहरु माथी अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान भइरहेको उनले बताए।