सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरचन्द नगरपालिकामा विपद् व्यवस्थापन सम्बन्धी कोष स्थापना

२०७६ मंसिर ६, ०१:०० खबर संवाददाता

बैतडीको दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पु¥याउन चालू आर्थिक वर्षमा रु २५ लाखको आकस्मिक कोष स्थापना गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाएर कोषको स्थापना गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए। उनले भने, “विपद् व्यवस्थापनका लागि नगरस्तरीय विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समितिलाई समेत सक्रिय बनाइएको छ।”

दशरथचन्द नगरपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले पनि कार्यक्रम सञ्चालन गरिरहेको छ। दशरथचन्द नगरपालिकाले विपद् जोखिम न्यूनीकरण क्षेत्रमा थुपै्र काम गरेको रेडक्रसका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए।   रासस 

कमेन्ट लोड गर्नुस