धनगढीमा मोटरसाईकल ठोक्किदा दुईजना घाईते
धनगढीमा मोटरसाईकल एक–आपसमा ठोक्किदा दुईजना घाईते भएका छन्। निर्माणाधिन मोहनापुल अत्तरिया छ लेन सडकको बोराडाँडीमा म १ प २७०० र म १ प ३२१६ नम्बरको मोटरसाईएकल एकआपसमा ठोक्किदा दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार वस्नेतले खबरलाई बताए।
घाईते हुनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का आकाश कार्की र कञ्चनपुरको बेल्डाँडी गाउँपालिका २ का सुरेश भट्ट रहेको उनले बताए। दुवैजनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। उनिहरु दुवैको अवस्था भने खतरामुक्त रहेको छ।