सुदूर नेपाललाई विश्वसँग जोड्दै

मकवानपुरबाट आएका व्यवसायीको धनगढीमा स्वागत

२०७६ मंसिर ५, ०६:५७ खबर संवाददाता

मकवानपुर उद्योग वाणिज्य संघको समुहलाई धनगढीमा स्वागत गरिएको छ। कैलाली उद्योग वाणिज्य संघले मकवापुरबाट आएको समुहलाई स्वागत गरेको हो।

सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल भ्रमण गर्न धनगढी पुगको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायत पदाधिकारीको २८ जनाको समुहलाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा उद्योग वार्णिज्य संघ कैलालीको कार्यालयमा स्वागत गरिएको हो।

स्वागत कार्यक्रममा मन्त्री माया भट्टले आन्तरिक पर्यटकले पनि मुलुकको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन्। नेपाल भ्रमर्ण वर्ष सन २०२० सालई सफल पार्न उद्योग वाणिज्य संघको ठुलो योगदान हुने उनले बताइन्। सुदूरपश्चिममा महत्वपूर्ण पर्यटकीय स्थल खप्तड, शुक्लाफाँटा, दोधारा चाँदनी पुल सहित सात बहिनिको क्षेत्र सुदूरपश्चिम रहेको भन्दै धार्मिक तथा प्राकृतिक क्षेत्रहरु रहेको मन्त्री भट्टले अवगत गराईन्।  कार्यक्रममा मकवानपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष कृष्ण कटुवालले प्रदेश ३ मा राज्य र निजी क्षेत्रले पहिचान गरेका थुप्रै पर्यटकीय स्थल भएको बताउदै सुदूरपश्चिमेलीहरुलाई भ्रमर्णमा आउन आग्रह समेत गरेका छन्। 

यस्तै कैलाली उद्योग वाणिज्य  संघका अध्यक्ष पुष्पराज कुवँरले निजी क्षेत्रले उठाएको मुद्धामा राज्यको पनि सहकार्य आवश्यक भएको बताए।  

कमेन्ट लोड गर्नुस