सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल विद्युत प्राधिकरणले समयमै मिटर रिडिङ नगर्ने परिपाटीले धनगढीबासी आजित

२०७६ मंसिर ५, ०७:४५ रोशन भट्ट

धनगढीमा नेपाल विद्युत प्रधिकरणको समयमै मिटिर रिडिङ नगर्ने परिपाटीका कारण हैरानी खेप्नुपर्ने नगरबासीको नियती कायमै रहेको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका कर्मचारी तीन महिना सम्म पनि मिटर रिडिङ गर्न नआउने गरेको गुनासो नगरबासीले गरेका छन्। प्राधिकरणका कर्मचारीले गर्ने लापरवाहीले अनाहकमा आफूहरुले जरिवानाको हिस्सेदार हुनुपर्ने बाध्यता रहेको नियती बनेको स्थानीयको भनाइ छ। 

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले यसअघि नगर क्षेत्रमा समयमै मिटर रिडिङ नहुने समस्या हल गर्ने आश्वासन दिएको थियो। तर अहिले पनि नगरबासीले सोही समस्या खेप्नुपरेको गुनासो गरेका छन्। उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडाको सिँ गाउमा तीन महिना देखी मिटर रिडिङ नगरेको गुनासो गरिएको छ। झण्डै पाँच सय भन्दा बढी घरधुरी रहेको उक्त क्षेत्रमा गत साउन देखि नै मिटर रिडिङ नभएको स्थानीयले जनाएका छन्। समयमा मिटर रिडिङ नहुदा विल तिर्न पनि समय लाग्ने भएका कारण सेवाग्रही भने जरिवान तिर्न बाध्य भएको सोही क्षेत्रका स्थानीय महेश न्यौपानेले बताए।

समयमा मिटर रिडिङ नहुने समस्या धनगढी भरीनै देखिएको भएपनि उक्त क्षेत्रमा भने तीन महिना सम्म विद्युतका कुनै कर्मचारी नभएको गुनासो स्थानीयको छ। धनगढी क्षेत्रमा प्रत्येक एक महिनाको अवधीमा मिटर रिडिङ गर्नुपर्ने तालिका बनाईएको भएपनि कार्यान्वयन हुन सकेको छैन्। 

यता नेपाल विद्युत प्रधिकरणको धनगढी वितरण केन्द्रले भने कर्मचारी अभावको रेडिमेट जवाफ दिएर पन्छीन थालेको छ। मिटर रिडिङका विषयमा आएका सर्वसाधारणका गुनासा स्वभाविक भएको स्वीकार गर्दै प्राधिकरणले कर्मचारीको अभावले समस्या भएको दावी गरेको हो। ५७ हजार भन्दा बढी सेवा ग्राही रहेको धनगढी वितरण केन्द्रमा ३५ जना भन्दा बढी मिटर रिडिङ गर्ने कर्मचारी रहेका छन। तर त्यो संख्या पर्याप्त नहुँदा बेला बेला यस्ता समस्या आउने गरेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले बताए।

तर मिटिर रिडिङ समयमै नहुने परिपाटी १२ मा मात्र नभएर नगरका प्रायः सबै स्थानमा यही समस्या रहेको गुनासो गरिदै आएको छ। यो समस्यालाई समाधानको उपाय कर्मचारी थप्नुपर्ने मात्रै रहेको प्राधिकरणले बताउँदै आएको छन्।  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस