कैलाली जिल्ला अदालतका श्रेस्तेदार विरुद्ध प्रहरीमा जबरजस्ती करणी र भ्रूण हत्याको उजुरी
कैलाली: कैलाली जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरी विरुद्ध वैवाहिक जबरजस्ती करणी र भुर्ण हत्या गरेको उजुरी परेको छ। गिरीविरुद्ध वैवाहिक जबरजस्ती करणी र भ्रूर्ण हत्या गरेको भन्दै उनकी कान्छी श्रीमती बताउने नेपालगञ्जकी सपना ( नाम परिवर्तन) ले मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
सपनाले गिरीले आफूमाथी जबरजस्ती करणी र भ्रुण हत्या गरी प्रजनन अधिकारबाट वञ्चित गराएको भन्दै मुद्दा दर्ता गरेको बस्नेतले बताए। यसअघि सपनाले दिनेश खबरसँगको कुराकानीमा झण्डै दुई वर्ष अघि गिरीसंग सहमतिमै विवाह गरेपनि आफूमाथि जबरजस्ती करणी र भ्रुण हत्या गरी प्रजनन अधिकार हनन् गरेको बताएकी थिइन्।
तर जिल्ला अदालतका श्रेस्तेदार गिरीले भने सपनाले भने जस्तो जबरजस्ती करणी र भ्रुण हत्या गरेको कुरामा सत्यता नभएको प्रतिक्रिया दिएका छन। उनले आफूहरुबिच समान्य पारिवारिक बेमेल रहेपनि सपनाले भनेजस्तो नभएको बताएका छन्।
तर सपनाले भने गिरीले आफूमाथि जबरजस्ती करणी र कुटपिट जस्ता घरेलु हिंसा पनि गरेको बताउँदै आएको प्रहरीले जनाएको छ। गिरीमाथी सुसाईड नोट लेखेर पेटमा भएको शिशु नफालेमा आत्महत्या गर्ने भन्दै जरजस्ती भ्रुण हत्या गराएको आरोप समेत लागेको छ।