सुदूर नेपाललाई विश्वसँग जोड्दै

९६ वर्षीय कल्याले पाइन गाँउमै नागरिकता, भन्छिन– अहिले नागरिकताको महत्व थाहा पाए

२०७६ मंसिर ४, ०४:१८ प्रकाश सिंह

बाजुरा : जगन्नाथ गाँउपालिका ४ बस्ने कल्या बडुवालले ९६ वर्षको उमेरमा गाँउमै नागरिकता पाएकि छिन्। बुढेसकालमा नागरिकता पाउँदा उनि निकै खुसी भएकि छन्। गाँउबाट सदरमुकाम मार्तडी पुग्न दुई दिन लाग्ने भएकाले अहिलेसम्म उनले नागरिकता बनाउन सकेकि थिइनन्। 

गाँउमै शिविर सञ्चालन भएपछि ९६ वर्षको उमेरमा नागरिकता पाएको जगन्नाथ गाँउपालिका रोजगार संयोजक लक्ष्मण जोशीले बताए। आफूलाई पहिला नागरिकताको महत्व थाहा नभएको र घरबाट बोकेर लग्ने कोहि नभएपछि बल्ल अहिले नागरिकता पाएको कल्या बडुवालले बताइन्।  ‘नागरिकता नभएरै अहिलेसम्म वृद्धभत्ता पाउन कठिनाइ भएको थियो, अब भने नेपाल सरकारको सेवा उपभोग गर्न पाइने भयो’ खुसि हुँदै उनले भनिन। 

त्यस्तै ६५ वर्षियका जग्गी बडुवाल पनि अहिले गाँउमै नागरिकता पाएकि छन्।  जिल्ला प्रशासन कार्यालय बाजुरा र जगन्नाथ गाँउपालिकाको समन्वयमा गाँउपालिकाको जुड्डीमा एकिकृत घुम्ती शिविर सञ्चालन भएपछि स्थानियले गाँउमै नागरिकता पाएका छन्। मंसिर १ देखि ३ गते सम्म सञ्चालन भएको घुम्ती शिविरमा स्वास्थ्य परिक्षण, नागरिकता वितरण, पञ्जिकरणका कार्यक्रम गरिएको थियो। 

त्यस्तै अपाङ्गता जाँच, परिचयपत्र वितरण, भिडियो एक्सरे, कृषिको बिउवितरण र भेटनरी सेवा उपलब्ध गराईएको गाँउपालिकाकि सुचना अधिकारी सिर्जना शाहिले बताइन्। घुम्ती शिविर दुई दिनका लागि तोकिए पनि सेवाग्राहीको चापका कारण एक दिन थप गरेर तिन दिन संचालन गरिएको छ।

घुम्ती शिविरमा ४ सय ६९ जनाले नागरिकता प्राप्त गरेका छन। जसमध्ये १ सय ९० जनापुरुष र २ सय ७९ महिलाले उक्त शिविरकबाट लाभ लिएका छन्। जगन्नाथ गाँउपालिकमा मात्र नभइ स्वामीकार्तिक खापर गाँउपालिकाका १ र २ का १ सय ९ जनालाई समेत नागरिकता वितरण गरिएको संयोजक लक्ष्मण जोशीले बताएका छन्। घर नजिकै सेवा प्राप्त गर्न पाउँदा स्थानियवासीले खुसी व्यक्त गरेका छन। शिविर व्यवस्थापनको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरेले गरेका थिए।

स्वास्थ्यशिविरको नेतृत्व डा. रुपचन्द्र विश्वर्कमा, धर्मा थापा र लालबहादुर खड्काले गरेका थिए। शिविरमा ५ सय ९८ जनाको स्वास्थ्य परिक्षण १ सय २१ जनाको भिडियो एक्सरे र ३२ जनाको ल्याव परिक्षण गरिएको थियो। शिविरमा बिरामीको चेकजाँच सँगै उपचार पनि गरिएको थियो। १ सय ४ जनाअपाङ्गहरुको स्वास्थ्य परिक्षण र निवेदनको आधारमा सरकारको मापदण्ड अनुसार ५३ जना व्यक्तिहरुलाई अपाङ्ग परिचयपत्र वितरण समेत गरिएको जानकारी दिइएको छ।  

शिविरको समापन कार्यक्रममा गााँउपालिका अध्यक्ष कालीबहादुर शाहीले शिविर व्यवस्थित र मर्यादित रुपमा संचालन भएको बताए। त्यस्तै शिविरमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला स्वास्थ्य कार्यालय बाजुरा, कृर्षि ज्ञान केन्द्र बाजुरा, पत्रकार, कार्यपालिका सदस्य, कर्मचारी र सम्पुर्ण सेवाग्राहीहरुलाई उनले आभार प्रकट गरेका छन्। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस