अछामको वैद्यनाथ धाममा सवा करोड दिप प्रज्वलन गरिने
अछामको वैद्यनाथ धाममा सवा करोड दिप प्रज्वलन गरिने भएको छ। ‘पिण्डेश्वर शिवलक्ष्मी धामले धाम परिसरमा छैठौं पिण्डेश्वर शिव साधनाको आयोजना गर्न लागेको हो।
मंसिर ८ देखि १२ गतेसमम्म सञ्चालन हुने साधनामा सवा करोड दिप प्रज्वलन तथा महारुद्री अनुष्ठानको पनि आयोजना गरिएको श्री मदन बाबा भक्ति केन्द्र काठमाण्डौका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले जनकारी दिए।
वैद्दनाथ धाम नेपालका प्रसिद्द चार धाम पाशुपती क्षेत्र, बराह क्षेत्र र मुक्तिनाथ मध्येको हो। साफेबगर नगरपालिकास्थित बुढी गंगाको किनारमा रहेको धाम परिसरमा आयोजना हुने शिव साधनामा देशभरीबाट करिब दुई हजार श्रदालु भक्तजनहरुको सहभागिता रहने आयोजकले जनाएको छ।