सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जिल्ला अदालतका श्रेस्तेदारमाथि जबरजस्ती करणी र भ्रूण हत्याको आरोप

२०७६ मंसिर ४, ०१:५५ खबर संवाददाता

कैलाली जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीमाथि जबरजस्ती करणी र भ्रूण हत्या गरेको आरोप लागेको छ। गिरीकी कान्छी श्रीमती बताउने नेपालगञ्जकी सपना(नाम परिवर्तन) ले आफूमाथि जबरजस्ती करणी गर्दै भ्रूण हत्या गरेको आरोप लगाएकी हुन्।

झण्डै दुई वर्ष अघि विवाह गरेको बताउने सपनाले गिरीले आफूमाथि जबरजस्ती करणी र भ्रूण हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन लागेको बताईन्। उनले गिरी विरुद्ध मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले आनाकानी गरेको आरोप पनि लगाएकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पनि सपना जाहेरी दर्ता गर्न पुगेको पुष्टि गरेका छन्। तर दर्ता गर्न नमानेको भन्ने आरोप गलत भएको बताउँदै बस्नेतले जाहेरीमा नमिलेका कुरा मिलाएर ल्याउन आग्रह गरिएको जानकारी दिए।

गिरीसंग सहमतीमै विवाह गरेको बताउने ती महिलाले आफ्नो प्रजनन अधिकारमाथि प्रहार भएको भन्दै प्रहरीमा उजुरी दर्ता गर्न लागेको दिनेश खबरलाई बताईन्। तर जिल्ला अदालतका श्रेस्तेदार गिरीले भने सपनाले भने जस्तो जबरजस्ती करणी र भ्रूर्ण हत्या गरेको कुरामा सत्यता नभएको प्रतिक्रिया दिएका छन्।

उनले आफूहरु बिच समान्य पारिवारिक विमेल रहेपनि सपनाले भनेजस्तो नभएको बताए। तर सपनाले भने गिरीले आफूमाथि जबरजस्ती करणी र कुटपिट जस्ता घरेलु हिंसा पनि गरेको बताउँदै आएकी छन्। उनले गिरीले सुसाईट नोट लेखेर पेटमा भएको शिशु नफालेमा आत्महत्या गर्ने भन्दै भ्रूण हत्या गराएको आरोप पनि लगाएकी छन्। 

कमेन्ट लोड गर्नुस