अछाममा भरुवा वन्दुक सहित दुईजना पक्राउ
अछाममा भरुवा वन्दुक सहित दुईजना पक्राउ परेका छन। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भाटाकाटियाका २१ वर्षीय जगत साउँद र सोही ठाउँका २२ वर्षीय लालबहादुर साउँदलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरु दुवैजनालाई भरुवा वन्दुक बोकी हिडिरहेको अवस्थामा प्रहरी चौकी शान्तडाबाट प्रहरी सहायक निरिक्षक भरत बहादुर रोकायाको कमण्डमा खटिएको गस्ती टोलीले पक्राउ गरेको हो।