सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिंहदरबारबाटै माथिल्लो त्रिशूली थ्री–एको उदघाटन

२०७६ मंसिर २, १२:५६ खबर संवाददाता

सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत आयोजनाको उदघाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उद्घाटन गरेका हुन्। उनले कार्यालयभित्र रहेको वार रुमबाट स्वीच थिचेर आयोजनाको उद्घाटन गरे। 

काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ सिम्लेबाट आयोजनाको एकसाथ उदघाटन गरेका हुन्।  आयोजनाको पहिलो र दोस्रो युनिट ३०/३० मेगावाट बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो। सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु  भएको छ।

आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
कमेन्ट लोड गर्नुस