सुदूरपश्चिमका मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रहरी हिरासतबाट छुटे
मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय (शाखा अधिकृत स्तर) सचिव प्रेम कुँवर प्रहरी हिरासतबाट छुटेका छन्।
मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाउँदा पूर्वपश्चिम राजमार्गमा गोरुगाडालाई ठक्कर दिएपछि प्रहरी नियन्त्रणमा परेका कुँवरलाई घाईतेको उपचार खर्च व्यहोर्ने शर्तमा रिहा भएका हुन्।
कुँवरले मादक पदार्थ सेवन गरी मोटरसाईल चलाउदा गौरीगंगा १० का टीकाराम चौधरीको गोरुगडालाई ठक्कर दिदा उनी घाईते भएका थिए।
कुँवर प्रहरी नियन्त्रणमा परेको दोस्रो दिन रिहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार वस्नेतले बताए।