कैलालीमा ट्रक पल्टिदा तीन जना घाईते
कैलालीमा ट्रक पल्टिदा तीन जना घाईते भएका छन्। धनगढीबाट सुखडतिर गईरहेको से १ ख ८८७ नम्बरको ट्रक गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिका सिमाना क्षेत्र आमखोइयामा पल्टिदा तीन जना घाईते भएका हुन्।
टायर पड्किएर भएको दुर्घटनामा घोडाघोडी नगरपालिका वडा नम्वर ३ का ३५ बर्षीय मोहनलाल चौधरी, वडा नम्वर ४ का ४० बषीय बाबुराम चौधरी र सोही ठाउँका ४२ बर्षीय लहानाराम चौधरी घाईते भएका हुन्।
उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाईतेहरुलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको स्कटीङ गाडीले अस्पताल पु¥याएको थियो। घाईतेहरुलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको स्कटीङ गाडीले अस्पताल पु¥याएको थियो।