सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल र साईकल ठोक्किदा दुई जना घाईते

२०७६ कार्तिक १९, ०७:१४ खबर संवाददाता

कैलालीमा मोटरसाईकल र साईकल ठोक्किदा दुई जना घाईते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ३ का पदमवहादुर कडराले चलाएको अनटेष्ट मोटरसाईकल र घोडाघोडी वडा नम्वर १० का मानवहादुर भट्टराईले चलाएको साईकल एकआपसमा ठोक्किदा दुवै घाईते भएका हुन्।

उनीहरु दुवै जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले बताए। दुवै जनाको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस