सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली दुर्घटना : स्थानीयद्धारा पूर्वपश्चिम राजमार्ग फेरी अवरुद्ध

२०७६ कार्तिक १८, ०८:४२ खबर संवाददाता

कैलालीमा आईतबार बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले फेरी पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १० पहलमानपुरमा स्थानीयले सडकमा अवरोध सिर्जना गरी राजमार्ग अवरुद्ध पारेका हुन्। ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नीरिक्षक हरिशरण भट्टले बिहान ८ बजेदेखि नै स्थानीयले राजमार्ग अवरुद्ध पारेको बताए।

बागेश्वरी यातायातको भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएको थियो। राजमार्ग अवरुद्ध पारेपछि विभिन्न ठाउँबाट छुटेका सवारी साधन राजमार्गमै रोकिएका छन्।

आईतबार पनि राजमार्ग अवरुद्ध पारेका स्थानीयले यातायात समितिका पदाधिकारीसँग छलफलका लागि भन्दै आज बिहान ८ बजे सम्मका  लागि राजमार्ग सुचारु हुन दिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाशबहादुर कार्कीले यातायात समितिका पदाधिकारी छलफलका लागि आईरहेको जानकारी दिए।

आफन्तले मृतकको शव समेत उठाएका छैनन्। घटना स्थलमै ज्यान गुमाएका रामबहादुरको शव सडकमै छ भने उपचारका लागि अस्पताल ल्याउदै गर्दा मृत्यु भएका मानबहादुरको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। 

  

कमेन्ट लोड गर्नुस