सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली दुर्घटना: मृतकको शव सडकमै

२०७६ कार्तिक १८, ०७:१२ खबर संवाददाता

कैलालीको पहलमानपुरमा बसको ठक्करबाट मृत्यु भएका एक जनाको शव आफन्तले अझै उठाईएको छैन्। पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाखघोडी नगरपालिका वडा नम्वर १० पहलवानपुरमा बसको ठक्करबाट ज्यान गुमाएका स्थानीय रामबहादुर चौधरीको शव अझै नउठाईएको हो।

उनको दोधारा चाँदनीबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नंम्वरको बसले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंम्वरको मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमै मृत्यु भएपछि स्थानीयले राती ८ बजे सम्म राजमार्ग अवरुद्ध पारेका थिए भने प्रहरीलाई शव उठाउन समेत दिएका थिएनन्।

अहिले सम्म शव सडकमै राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका घोडाघोडी–१० पहलमानपुरकै मानबहादुर चौधरीको पनि मृत्यु भईसकेको छ।

उनको शव भने सेती प्रादेशिक अस्पतालमा राखिएको छ। बस वागेश्वरी यातायातको भएकाले अहिले सम्म समितिका पदाधिकारी समेत घटनास्थलमा नपुगेको स्थानीयले बताएका छन्।  ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले स्थानीयले शव उठाउन नदिएको बताए।

उनले आज विहान ८ बजे यातायात समिति र पीडित पक्षविच छलफल हुने बताए। ८ बजे सम्म समितिका पदाधिकारी नआए राजमार्ग फेरी अवरुद्ध पार्ने स्थानीयले बताएका छन्। बस चालक बाँकेका ३२ वर्षीय डिल्लीबहादुर योगीलाई इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक हरिशरण भट्टले बताए। 
 

कमेन्ट लोड गर्नुस